एसियाली खेलकुद महिला क्रिकेट : बंगलादेशलाई हराउँदै भारत फाइनलमा

सफल खबर संवाददाता

आइतबार, ०७ असोज २०८०, ११ : ००
एसियाली खेलकुद महिला क्रिकेट : बंगलादेशलाई हराउँदै भारत फाइनलमा

काठमाडौँ । भारतीय टोली चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार भएको खेलमा बंगलादेशलाई आठ विकेटको फराकिलो अन्तरले हराउँदै भारत फाइनलमा पुगेको हो ।

टस जिती पहिलो ब्याटिङ राजेको बंगलादेशले १७.५ ओभरमा अलआउट हुनुअघि ५१ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भारतले ८.२ ओभरमै केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

भारतको जितमा जेमिमाह रोड्रिग्वेजले अविजित २० रनको योगदान गरिन् । सफाली बर्माले पनि १७ रन बनाएकी थिइन् । कप्तान स्मृति मन्धनाले सात र कनिका आहुजाले अविजित एक रन बनाएकी थिइन् । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि कप्तान निगार सुल्तानाले मात्र दोहोरो सँख्यामा रन बनाउन सकिन् ।

उनले १२ रन बनाएकी थिइन् । बंगलादेशले अतिरिक्त रुपमा आठ रन पाएको थियो । भारतीय बलर पूजा वस्त्राकरले चार विकेट लिइन् । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल शुक्रबार नै श्रीलंका र पाकिस्तानबीच हुनेछ । उक्त खेलमा विजयी हुने टोलीले फाइनलमा उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस