चीनमा आजबाट १९ औं एसियाली खेलकुद , ४५ देशका १२ हजार खेलाडी

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०८०, २१ : ४२
चीनमा आजबाट १९ औं एसियाली खेलकुद , ४५ देशका १२ हजार खेलाडी

 हाङजाउ । एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे । राष्ट्रपति सीले पनि १९ औं एसियाडमा निकै रुचि दिइरहेका थिए ।

१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ । शनिबार भने टेबल टेनिस र सेलिङका केही खेलहरु भएका थिए ।

त्यसपछि सहभागी ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए । सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए ।एसियाडको टर्च बालेपछि अन्तिममा १९ औं एसियाडको अफिसियल गीत ‘द लभ वि सेयर’ को प्रस्तुति सँगै उद्घाटन समारोह सकिएको थियो । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस