काठमाडौँ। एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा भएको ‘सेलिब्रेटी भर्सेस सेलिब्रेटी’ फूटबलमा अनिल गुरुङले कप्तानी गरेको समूह विजयी भएको छ ।एनसेल मुख्यालय आगाडिको लैनचौरमा भएको मैत्रीपूर्ण फूटबलमा गुरुङ नेतृत्वको सेलिब्रेटी समूह विजयी भएको हो ।
गुरुङको समूहले सांसद विराजभक्त श्रेष्ठको कप्तानीमा रहेको सेलिब्रेटी समूहलाई ५–३ गोल अन्तरले पराजित गरेको हो । गुरुङ समूहमा कलाकार सन्दीप क्षेत्री लगायतले खेलेका थिए । क्षेत्रीले खेलमा एक गोल गरे । विराजभक्त श्रेष्ठको समूहबाट जितु नेपाल, समृद्धि राईलगायतले खेलेका थिए ।सेलिब्रेटीको खेल अगाडि एनसेल र नेप्लिज योङ्ग इन्टरप्रेनरबीच प्रतिस्पर्धा भएको थियो । जसमा एनसेल १–० गोल अन्तरले विजयी भयो ।
उक्त खेलमा एनसेलका प्रज्ज्वल प्रजापतिले एक गोल गरे । उक्त गोल नै एनसेलको जीतमा निर्णायक बन्यो । खेलपश्चात् एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले सहभागी समूहका सबैलाई प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असोज २०८०, १६ : २८
लेखकबाट थप