अभ्यासका क्रममा ललित राजवंशी घाइते

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, १३ : २४
अभ्यासका क्रममा ललित राजवंशी घाइते

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भै रहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा राजवंशी घाइते भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

उनको ‘राइट क्लाभिकल’ (काँधको हड्डी)मा चोट लागेको छ । उनको आज (बिहीबार) शल्यक्रिया गरिँदै छ । शल्यक्रिया पश्चात उनी कम्तिमा पनि ८/९ हप्ता मैदान बाहिर हुनेछन् । उनले एसियन गेम्स गुमाउने छन् ।

 

राजवंशीको अभावले नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य गुमाउने छ ।१९ औं एसियाली खेलकुद पुरुषतर्फ २७ सेप्टेम्बर देखी ८ अक्टोबर सम्म चीनमा हुँदैछ । एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा भाग लिएको छ ।

प्रतिक्रिया दिनुहोस