काठमाडौं। मोरक्को राष्ट्रिय फूटबल टोलीका खेलाडीहरूले बुर्किना फासोविरुद्ध गरेको गोल भूकम्पपीडितको पक्षमा समर्पित गरेका छन् ।
विश्वकपको अफ्रिका महादेशीय छनोटअन्तर्गत गएराति भएको उक्त खेलमा अजेडिने ओयुनाईले ३६ औँ मिनेटमा गोल गरेका थिए । सो गोलपछि मोरक्कोका सबै खेलाडीले भूकम्पबाट मृत्यु भएकाहरूको सम्झनामा प्रार्थना गरेका थिए । सो क्रममा उनीहरूले जमिनमा घुँडा टेकेका थिए ।
सो खेल मोरक्कोले १–० ले जितेको थियो । भूकम्पछि मोरक्कोले खेलेको यो पहिलो खेल पनि थियो । ग्त हप्ता मोरक्कोमा विनाशकारी भूकम्प गएको थियो । भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नौ सय नाघेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ भदौ २०८०, १० : ५३
लेखकबाट थप