हेटौडा । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ ।
आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखे पछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन ।
सभामुख पाठकले बोलाएको सर्बदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ । साे बैठक प्रदेश सचिवालय भवनमा बाेलाइएकाे छ । गत भदौं १८ गते देखी बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ ।
उक्त बैठकमा सहमति कायम गरी पुर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजे देखी प्रदेश सभा बैठक सुचारू गर्ने योजना रहेको छ ।
चालु आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्दाको समयमा प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन । सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ भदौ २०८०, ०७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम प्रदेश सभामा प्रज्ञा-प्रतिष्ठानको विधेयक पारित
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बागमती प्रदेश सभा: आजदेखि बजेटमा छलफल
सुदूरपश्चिममा काँग्रेसले रोस्ट्रम घेरेपछि ३० मिनेटको लागि संसद् स्थगित
बागमती प्रदेशमा सर्वदलीय बैठक बस्दै
बागमती प्रदेश सभाको सर्वदलीय बैठक बस्दै, यी हुन् एजेन्डा