रुपन्देही । नेपाल वायुसेवा निगम (एनएसी)ले आजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ।
भैरहवास्थित गौतम बुद्ब अन्तराष्ट्रिय बिमानस्थलवाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको हो ।
मंगलबार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेर यसको सुरुवात गरिएको छ । निगमका प्रवक्ता रमेश पौडेल मागको आधारमा उडानको संख्या थप्दै लगिने छ ।
उनका अनुसार भैरहवाबाट बिहान ८ः१५ मा उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ। त्यसपछि ट्रान्जिट भइ हङ्गकङ्ग जाने यात्रु हङकङको उडानमा र दिल्ली जाने यात्रु निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् ।
जसका लागि एनएसीले गत भदौं १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, ०९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जजिरा र थाइ एशियाले भैरहवा विमानस्थलबाट उडान सुरु गर्दै
सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध
दुई वर्षमा पोखरामा दुई अन्तर्राष्ट्रिय उडान
रेसुंगा विमानस्थलमा एक महिनापछि पुनः उडान सुरु
अविरल वर्षाका कारण आन्तरिक उडान प्रभावित
उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा