काठमाडौँ । भारतीय राजदुतावास लैनचौर काठमाडौँले ७२ औं स्वतन्त्रता दिवस मनाएको छ । लैनचौरमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीले भारतका राष्ट्रपतिले पठाएको सन्देश वाचन गरेका थिए ।
सो सन्देशमा भारतले गएको ७१ वर्षमा विभिन्न क्षेत्रहरुमा प्राप्त गरेको उपलब्धीहरुको उल्लेख गरीएको थियो । १५ अगष्ट आजैका दिन अंग्रेजहरुबाट भारत स्वतन्त्र राज्यमा परिणत भएको थियो । कार्यक्रममा १ वीर नारी, ७ एकल महिला, ३ मृत सैनिकको निकटतम नातेदार र १ भूतपूर्व अपाङ्ग भारतीय सेनालाई नेरु ५करोड ३५ लाख नगद तथा कम्मल वितरण गरि सम्मान गरिएको थियो ।
लैनचौरस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बससँगै ईस्टेसनरी सामानहरु उपलब्ध गराएको छ ।
प्रतिक्रिया दिनुहोस