लिअं नीसोनको ‘रिट्रिब्युसन’ शनिबारदेखि हलमा

सफल खबर संवाददाता

शुक्रबार, ०८ भदौ २०८०, १२ : १२
लिअं नीसोनको ‘रिट्रिब्युसन’ शनिबारदेखि हलमा

काठमाडौँ । लिअं नीसोनको चलचित्र ‘रिट्रिब्युसन’ भोलिदेखि नेपालमा रिलिज हुन भएको छ । पारिवारिक सुरक्षाको कथामा आधारित एक्सन–थ्रिलर चलचित्र रिट्रिब्युसन भोलीदेखि देशभरका हलमा प्रदर्शन हुने भएको हो ।

निम्रोद अन्टालद्वारा निर्देशित ‘रिट्रिब्युसन’मा लायनसगेटको प्रस्तुति रहेको छ । रिट्रिब्युसन एकहाई स्पिड चेज चलचित्र हो, जसमा मुख्य पात्रले आफ्नो परिवारलाई बचाउन आफ्नै साथीहरूको हत्या गर्नुपर्ने हुन्छ ।

एक सामान्य दिनमा म्याट टर्नरले आफ्नो बच्चाहरूलाई विद्यालयबाट लिएर घर फर्किँदै गर्दा अज्ञात नम्बरबाट कल आउँछ, जसमा कल गर्नेले बताउँछ कि तपाईंको गाडीमा बम राखिएको छ, हामीले भनेको जस्तो नगरे यो बम विस्फोट हुनेछ ।

सुरुमा त उसलाई कसैले मजाक गरेको जस्तो लाग्छ तर ठिक अगाडि रहेको उसको गाडी कल गर्नेले विस्फोट गराएपछि भने आत्तिन्छ र यो अवस्थाबाट ऊ कसरी मुक्त हुन्छ भन्ने बारेमा चलचित्रले देखाउन खोजेको छ । 

यसअघि लिअं नीसोनका पारिवारिक सुरक्षा कथामा धेरै व्यावसायिक सफलता हासिल गरेका चलचित्र बनेका छन् । टेकन फिल्म सिरिज उनको सर्वाधिक रुचाइएको चलचित्र हो । यो फिल्म नेपालमा बालजी फिल्मस् र राखी मोसन पिक्चर्सले भित्र्याएको हो ।

प्रतिक्रिया दिनुहोस