काठमाडौं । सन्दीप लामिछानेमाथिको मुद्दामा अर्को पेशी आउँदो आइतबारलाई तोकिएको छ । काठमाडौं जिल्ला अदालतमा गत ३२ साउनमा तोकिएको पेसी बिनासुनवाइ स्थगित भएको थियो ।
जिल्ला अदालतका न्यायाधीस राजुकुमार खतिवडाको इजलासले जाहेरीकर्ता गौशाला २६ कि आमाको दोहोरो जन्ममिति देखिएको भन्दै त्यसलाई स्पष्ट पार्ने कागजात मगाएको थियो । ती कागजात प्राप्त भइसकेको अदालत स्रोतले बताएको छ ।
आइतबार पेसी तोकिएको भए पनि सुनवाइको रोलक्रम निर्धारण भइसकेको छैन । यदि प्राथमिकतामा परेको खण्डमा आइतबार नै सुनवाइ भएर एक–दुई दिनमा नै फैसला आउने अपेक्षा छ ।
सन्दीप एसिया कप अगाडि नै मुद्दाको फैला होस भन्ने चाहन्छन् । नेपाली टिम एसिया कपका लागि पाकिस्तान गइसके पनि उनी मुद्दाका कारण नेपालमै छन् । यदि आइतबारको पेशी पनि कुनै कारण देखाएर स्थगित भयो भने एसिया कपमा सन्दीपको उपस्थिति थप शंसयमा पर्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ भदौ २०८०, २० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा
महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने