काठमाडौँ । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो ।
कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ । विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ । निर्यात करले भारतीय प्याजमा निर्भर नेपालसहितका मुलुकमा मूल्य बढ्ने अनुमान गरिएको छ । हाल कालिमाटी फलफूल तथा तरकारी बजारमा प्याजको मूल्य प्रतिकिलो ६५ रुपैयाँ हाराहारीमा छ ।
नेपाल सरकारले यसअघि बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाइसकेको छ । भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य उच्च दरमा बढ्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ भदौ २०८०, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानमा एफएम रेडियोमा भारतीय गीत प्रसारणमा प्रतिबन्ध
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला
थप ६ सय मेगावाट लाइन भारतबाट आउन थाल्यो
भारतमा मन्दिरको पर्खाल भत्कँदा आठजनाको मृत्यु
भारतको हवाई क्षेत्र पाकिस्तानी विमानका लागि बन्द
भारतले बन्द गर्यो कश्मिरका आधाभन्दा धेरै पर्यटकीय स्थल