जथाभावी लगानी नगर्न लघुवित्त संस्थाहरुलाई अर्थमन्त्री खतिवडाको चेतावनी

सोमबार, २८ साउन २०७५, १६ : ५९
जथाभावी लगानी नगर्न लघुवित्त संस्थाहरुलाई  अर्थमन्त्री खतिवडाको चेतावनी

काठमाडौँ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जथाभावी लगानी नगर्न लघुवित्त संस्थाहरुलाई चेतावनी दिनुभएको छ ।
सोमबार काठमाडौँमा आयोजित स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिकोत्सव तथा लघु उद्यमशीलता विकास पुरस्कार समारोहलाई सम्बोधन गर्दै उहाँले लघुवित्त संस्थाहरुलाई ग्रामीण क्षेत्रमा जान आग्रह गर्नुभयो ।  अर्थमन्त्री खतिवडाले गरिबी घटाउने लक्ष्यका साथ दुर्गम ग्रामीण क्षेत्रमा पुग्न लघुवित्त संस्थाहरुलाई आग्रह गर्नुभएको हो । अर्थमन्त्री खतिवडाले चरम गरिबी र अभाव भएको ग्रामीण क्षेत्रमा जानका लागि स्थानीय तहसँग आवश्यक सहकार्य गर्न लघुवित्त संस्थाहरुको ध्यानाकर्षण गराउनु भयो । उहाँले गरिबीको क्षेत्रमा नेपालले केही प्रगति हासिल गरेको भए पनि त्यो समान नभएकाले धेरै गरिबी भएको ठाउँलाई लक्षित गरेर सरकारले आयआर्जनको कामलाई अघि बढाउने योजना अघि सार्नु भयो ।
अर्थमन्त्री खतिवडाले गरिवी घटाउँदै लैजाने अभियानमा सरकारले लघुवित्त संस्थाहरुसँग सहकार्य गरेर अघि बढन चाहेको पनि स्पष्ट पार्नु भयो ।
अर्थमन्त्री खतिवडाले सुगम क्षेत्रमा पर्याप्त वित्तिय संस्थाहरु रहेकाले दुर्गम क्षेत्रमा जान सबै तयार हुनुपर्नेमा जोड दिनुभयो । अर्थमन्त्री खतिवडाले व्याजदरलाई व्यवस्थित बनाउन पनि बैंक तथा वित्तिय संस्थालाई पुनः निर्देशन दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस