स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

एजेन्सी

सोमबार, २८ साउन २०७५, १३ : ५५
स्पेनिस सुपर कपको उपाधि बार्सिलोनालाई

एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस सुपरकपको उपाधि जितेको छ । निकै रोमाञ्चक खेलमा सेभियालाई पराजित गर्दै स्पेनिस सुपरकप जित्दा बार्सिलोनाको इतिहासमा लियोनेल मेस्सी सबैभन्दा सफल खेलाडी बन्न सफल भएका छन् । आइतबार राती भएको खेलमा बार्सिलोनाका गोलकिपर मार्क–आन्द्रे टेर स्टेगनले अन्तिम मिनेटमा पेनाल्टी रोक्दा बार्सिलोना २–१ गोलले विजयी भएको हो ।

बार्सिलोनालाई १३ औं पटक सुपरकप च्याम्पियन बनाउन जेरार्ड पिके र औसमाने डेम्बेलेले गोल गरे । सेभिल्लाका लागि पाब्लो सारावियाले गोल गरे ।  बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । खेलको नवौ मिनेटमा पाब्लो साराबियाले गोल गरेपछि बार्सिलोना खेलमा पछि परेको थियो । तर, बार्सिलोनाले त्यसपछि खेलमा पूनरागमन ग¥यो । ४२ औं मिनेटमा जेरार्ड पिकेले बराबरी गोल फर्काए । ७८ औं मिनेटमा औसमाने डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा सेभिल्ला पेनाल्टीमा चकेपछि बार्सिलोनाले खेल २–१ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भए । इन्जुरी समयमा गोलरक्षक मार्क आन्द्रे टेर स्टेगनले एलेक्स भिडाललाई लाएपछि सेभिल्लाले पेनाल्टीको मौका पाएको थियो । विसाम विन यडरको पेनाल्टी प्रहार बचाउदै गोलरक्षक स्टेगनले आफुले गरेको गल्तीलाई कुनै गल्ती हुन दिएन ।

एक मात्र लेगको सुपरकप आयोजना गरिएको यो पहिलो अवसर हो । बार्सिलोनाले पछिल्लो १० मध्ये ९ सुपरकपमा कब्जा जमाएको छ ।

यो जीतसँगै बार्सिलोनाका नयाँ कप्तान मेस्सीले क्लबबाट ३३ वटा उपाधि जित्न सफल भएका छन् । क्लबको इतिहासमा कुनै पनि खेलाडीले जितेको यो सबैभन्दा धेरै उपाधि हो । यसमा चार च्याम्पियन्स लिग, ९ ला लिगा, ६ कोपा डेल रे र किर्तिमानी ५ बालोन डि’ओर रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस