युभेन्टसका लागि रोनाल्डोको गोल, प्रशंसकहरु मैदानमा प्रवेश गरेपछि खेल रद्द

एजेन्सी

सोमबार, २८ साउन २०७५, १२ : २६
युभेन्टसका लागि रोनाल्डोको गोल,  प्रशंसकहरु मैदानमा प्रवेश गरेपछि खेल रद्द

एजेन्सी । युभेन्टसका लागि पहिलो खेलमा नै क्रिस्टियानो रोनाल्डोले गोल गरेका छन् । खेलको शुरुवाती १० मिनेटभित्र नै रोनाल्डोले गोल गरेका हुन् ।

रियल म्याड्रिडबाट यो सिजन युभेन्टस भित्रिएका रोनाल्डो सन् २०१८ को विश्वकपपछि लामो समय बिदामा थिए । क्लबको प्रिमाभेरा टोलीविरुद्धको मैत्रिपूर्ण खेलमा सहभागी भएका रोनाल्डोले आठ मिनेटमा नै युभेन्टसको सिनियर टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो गोलका लागि पनि रोनाल्डोकै हात रहेको थियो । उनले रिकार्डो कापालेनीलाई प्रेसरमा राख्दा उनले आत्मघाती गोल गर्न पुगेका थिए ।

त्यसपछि पाउलो डिबलाले दुई गोल थपे । खेलको हाफ टाइममा रोनाल्डोलाई सब्सटिच्युड गरियो । त्यसअघि एक फ्यान रोनाल्डोसँग तस्विर खिचाउन मैदानमा ने प्रवेश गरेका थिए ।

दोस्रो हाफमा क्लाउडियो मार्चिसियोले युभेन्टसको अग्रता ५–० बनाए । खेलको ७० औँ मिनेटमा प्रशंसकहरु मैदानमा प्रवेश गरेपछि खेल रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस