काठमाडौं । स्पेनको जनसंख्या ४ करोड ८३ लाख ४५ हजार २२३ पुगेको छ । यो हालसम्मकै उच्च हो ।२०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसंख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर जन्मिएका हुन् ।
जनसंख्या उच्च हुनुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयको अध्ययनले जनाएको छ ।पछिल्लो तथ्यांक अनुसार स्पेनमा विदेशी भूमिमा जन्मिएका बासिन्दाको संख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।
स्पेनका राष्ट्रिय तथ्यांक संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भनेे, ‘यो वृद्धि जन्मको कारणले भएको होइन किनभने जन्म र मृत्यु बीचको भिन्नता व्यवहारिक रूपमा शून्य भएको छ, तर मूलतः के भएको छ कि आप्रवासन बढेको छ ।’
अपि्रल र जुनको बीचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोरक्कनका थिए । विदेशमा बसोवास गरेर आˆनो मातृभूमिमा फर्केका स्पेनीहरुको संख्या उल्लेख्य रहेको पाइएको छ ।
‘स्पेनमा जनसंख्या भविष्यमा अलिकति घट्नसक्छ । जनसंख्या घट्न नदिने सुनिश्चित गर्न आप्रवासीहरूको धेरै ठूलो प्रवाह आवश्यक छ,’ गालानले भने ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २५ साउन २०८०, १२ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्पेनमा बाढीपछि रुष्ट जनता सडकमा
स्पेनमा बाढीको विपत्ति: राजा-रानी र प्रधानमन्त्रीको अनुहारमा हिलो छ्यापियो, सवारीमा ढुंगामुढा
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको संख्या २०० नाघ्यो
स्पेनमा बाढीमा परी ९५ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक
स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालद्वारा १५ पन्ने कार्ययोजना पेस (पूर्णपाठ)
स्वीजरल्याण्डमाथि स्पेनको शानदार जित