सर्लाही । सर्लाहीमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार मलंगवा नगरपालिका–९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको हो ।
शनिवार बिद्यालय बन्द भएको र आइतबार बिहान स्कुल पुगेका स्थानियले विद्यालय भवनको बरन्डामा शव देखा परे पछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । सो घटना पछि घटनास्थलबाट शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुले जानकारी दिए ।
उनका अनुसार मृतकको शवमा कुनै प्रकारको घाउचोट देखिएको छैन र कसैले अन्यत्र नै हत्या गरेर फालेको हुन सक्ने देखिएकाले थप छानबिन तथा अनुसन्धान भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ साउन २०८०, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला
डोटीमा पुरुषको शव फेला
सर्लाहीमा फेला पर्यो २० वर्षीय युवकको शव
ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला
४ दिन हराइरहेका बालकको शव नारायणी नदीमा फेला
बझाङमा २५ वर्षीय पुरुषको शव फेला