काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठक शनिबार पनि बस्दैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको राजनीतिक एवं संगठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राखिरहेका छन् ।
बुधबारदेखि सुरू भएको बैठकमा शुक्रबारसम्म १ सय ४२ जनाले अध्यक्षको प्रस्तावमाथि धारणा राखेका छन् । जारी बैठकमा केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको कार्यशैलकिो आलोचना गरेका छन् । बैठकमा सरकारको कामकारवाहीको भने प्रशंसा भईरहेको छ । बैठकमा बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यलाई ५ मिनेटको समय दिइएको छ ।
बैठकमा ३ सय ८७ पूर्ण र १ सय ९६ वैकल्पिक केन्द्रीय सदस्य,अनुशासन, लेखा र निर्वाचन आयोगका ४१ सदस्य तथा ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० साउन २०८०, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रमा १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप
माओवादी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले थाले रिपोर्टिङ