काठमाडौँ । नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले आफूलाई धेरै थारु अगुवाहरूले समाप्त होस् भन्ने चाहना राखेको बताएका छन् । सामाजिक सञ्जालमा उनले जेलबाट आफूलाई ननिस्कोस् भन्ने चाहना राख्नेहरूले अहिले पनि जेलमा रहेका अरू बन्दी नछुटुन् र आफू पनि समाप्त होस भन्ने चाहना राखेको बताएका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मेरा धेरै थारु अगुवाहरू जेलबाट मलाई ननिस्कोस् भन्ने चाहना राख्दथे साथै अहिले पनि जेलमा रहेका अरू बन्दी कुनै पनि हालतमा नछुटुन् र रेशम चौधरी समाप्त होस भन्ने यिनको चाहना हो ।’
टिकापुरमा द्वन्द्व गराउने पनि उनीहरुनै रहेको चौधरीको आरोप छ । उनले राजबन्दीको नाममा फाइदा लिने र अहिले भाग नपाएर विरोध गर्ने गरेको टिप्पणी गरे ।
‘हिजो टिकापुर द्वन्द्व गराउने पनि यिनै हुन् । राजबन्दीको नाममा कुम्ल्याउने पनि यिनै हुन् । अहिले भाग नपाएर जथाभाबी भुक्ने पनि यिनै हुन्’ उनले लेखेका छन् ।
चौधरीले नङ्गाको कुनै इज्जत बेइज्जत नहुने र नाङ्गिएको मान्छे सधैँ अरूलाई नङ्ग्याउन प्रयत्नरत हुने गरेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ साउन २०८०, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय मुक्ति क्रान्तिमा प्रवेश गरेका नेता हाम्रो पार्टीका होइनन् : रेशम चौधरी
लुम्बिनी र सुदुरपश्चिममा समर्थन फिर्ता लिन्छौं : रेशम चौधरी
पार्टी अध्यक्षताको मान्यता पाउन रेशम चौधरी सर्वोच्चमा
आफ्नै नेतृत्वमा सरकारको पहल गर्ने रेशम चौधरी पक्षको निर्णय
पार्टीको अध्यक्ष म हुँ, रञ्जिताजी निवर्तमान अध्यक्ष हुनुहुन्छः रेशम चौधरी
प्रधानमन्त्रीलाई भेटेर रेशमले भने– गठबन्धनलाई समर्थन गर्ने–नगर्नेबारे केन्द्रीय समितिबाट निर्णय लिन्छौँ