बार्सिलोनाको नयाँ कप्तान लियोनेल मेस्सी

एजेन्सी

शनिबार, २६ साउन २०७५, १५ : १३
बार्सिलोनाको नयाँ कप्तान  लियोनेल मेस्सी

एजेन्सी । आन्द्रेस इनियेस्टाले क्लब छाडेपछि लियोनेल मेस्सी बार्सिलोनाको नयाँ कप्तान चयन भएका छन् ।

अर्जेन्टिनी स्टार खेलाडी आफ्नो देशको फुटबल टोलीका पनि कप्तान हुन् । गत सिजनको अन्त्यसँगै इनियेस्टा भिसेल कोबेसँग आबद्ध भएपछि क्लबमा मेस्सीले कप्तानको जिम्मेवारी पाएका हुन् ।

सन् २०१५ मा मेस्सी क्लबको उपकप्तान घोषित भएका थिए । त्यसयता उनले धेरै पटक क्लबको कप्तानी गरिसकेका छन् । अब भने उनले स्थायी रुपमा क्लबको कप्तान बनेका हुन् ।

सर्जियो बुस्केट क्लबको उपकप्तान घोषित भएका छन् भने चार सदस्यीय नेतृत्व टोलीमा जेरार्ड पिके सर्जी रोबर्ट समावेश गरिएका छन् ।

चारै खेलाडी ला मासियाबाट सिनियर टोलीमा आएका हुन् । आइतबार स्पेनिस सुपरकोपामा सेभियाको सामना गर्दै मेस्सीले कप्तानको रुपमा पहिलो उपाधि जित्ने दाउमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस