काठमाडौँ । करिब सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक नभएको सरकारले जनाएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित एक कार्यक्रममा सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।
उनले उक्त प्रकरणमा अर्को समिति बनाउन आवश्यक नभएको बताएकी छन्।“राजस्व अनुसन्धान विभाग भनेको सरकारको सबैभन्दा शक्तिशाली विभाग हो। अहिले छानबिन प्रभावकारी ढङ्गले अगाडि बढिरहेको छ,” प्रवक्ता शर्माले भनिन्, “थप समिति बनाउने, विषयवस्तुलाई ‘डाइभर्ट’ गर्ने कुराले अनुसन्धान प्रक्रियामा पनि प्रभाव पर्छ।”
नेकपा (एमाले) ले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। जसले गर्दा संसद् अवरुद्ध भइरहेको छ।
सरकारले भने यसमा अर्को समिति गठन नहुने जनाएको हो। “हिजो ३३ किलो सुन छानबिनमा पनि समिति बनेन, अरु वेला पनि बनेन,” प्रवक्ता शर्माले भनिन्, “अहिले फेरि अर्को समिति बनाउँदा यो छानबिन प्रभावित हुन्छ र वास्तविक दोषी समात्ने कुरामा पनि ढिला हुनसक्छ।”
हङकङबाट आएको करिब सय किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ गते बरामद गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमडीएमएस ढिलोचाँडो लागु हुन्छ : सञ्चारमन्त्री शर्मा
सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
राससलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउनुपर्नेमा सञ्चारमन्त्रीको जोड
आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा छ : सञ्चारमन्त्री शर्मा
विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
मुलुकको व्यवस्थासँगै जनताको अवस्था बदल्न एकताबद्ध हुनुपर्छ : सञ्चारमन्त्री शर्मा