जनकपुरधाम । सिरहामा एक युवकको शव फेला परेको छ ।सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो । उनको सनाखत भएको छैन ।
युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी राजनराज पाण्डेले जानकारी दिए ।आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । डिएसपी पाण्डेले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ साउन २०८०, ११ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
महोत्तरीमा अर्धनग्न अवस्थामा युवकको शव भेटियो
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन
अस्ट्रेलियाको मेलबर्नमा आगलागीमा परेर नेपाली युवाको मृत्यु
राउटे समुदायका एक युवकको मृत्यु, १३४ मा झर्यो जनसङ्ख्या