काठमाडौ । यस वर्ष कैलालीको दक्षिण पूर्वी भेगका किसानले मल नपाएपछि भारतबाट ल्याएर खेती गरेका छन् ।
कैलालीको टीकापुर नगरपालिकाका–६, ७, ८ र ९, भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाका किसानले भारतको तिकुनिया बजारबाट मल ल्याएर खेती गरेका हुन् ।
‘रोपाइँ सकिँदासम्म पनि मल पाएका छैनौं,’ टीकापुर–८ का श्यामलाल चौधरीले भने, ‘सरकारले उपलब्ध गराउने मल सहकारीबाट पाएनौं । बाध्य भएर भारतबाट ल्याएर प्रयोग गरेका छौं ।’
भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती कस्तो पो हुन्छ भन्ने चिन्तामा छन् ।
चौधरीले भने, ‘सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाइएन ।’ सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष किसान खेती गरौं कि नगरौं भन्ने दोधारमा थिए । बर्सेनि बाढीले क्षति पुर्याउँदा दिक्क भएका किसान मल नपाएपछि झन निराश भएका थिए ।
‘जहिल्यै बाढीको त्रास हुन्छ, अघिल्ला २ वर्ष धानबाली सबै बाढीले बगायो, मल नपाएपछि खेती गर्न मन मरेको छ ?’ स्थानीय शेरबहादुर साउँदले भने, ‘७ बोरा डीएपी र ७ बोरा यूरिया मलको खाँचो थियो, एक बोरा पनि पाइएन । भारतबाट ल्याएर प्रयोग गरे ।’
टीकापुरमा सबैभन्दा बढी धान खेती हुने वडा ६, ७, ८ र ९ नम्बर हुन् । यी वडामा ५ सहकारीले मल बिक्री गर्ने गरेका छन् । यसरी सञ्चालित सहकारीले आवश्यक मल नपाएको जनाएका छन् । ‘सहकारीले पर्याप्त मल नपाएपछि किसानलाई उपलब्ध गराउन सकेनौं,’ वडा नम्बर ६ स्थित लक्ष्मीनारायण सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतले भने, ‘२५ प्रतिशत मात्र मल पायौं ।’
लक्ष्मीनारायण सहकारीले यस वर्ष ९५० बोरा युरिया, ३५० बोरा डीएपी र १०० क्विन्टल अग्र्यानिक मल किसानलाई उपलब्ध गराएको थियो । मल अघिल्लो वर्षको तुलनामा आधा मात्र हो । ‘सहकारीले नै मल नपाएपछि किसानले पाउने कुरै भएन, अघिल्लो वर्षभन्दा आधा मात्र मल आयो,’ कडायत भन्छन्, ‘मल ल्याउने प्रयासमा छौं ।’
मल नभएकै कारण झार बढी उम्रेको किसानको गुनासो छ । झार मारेर डीएपी हाल्न पाएको भए धानबाली सप्रिने थियो भन्दै किसान मल खोज्न भौतारिएका छन् । भजनी र जोशीपुरका किसानले पनि नेपाली मल नपाएपछि भारतबाट मल ल्याउनुपरेको गुनासो गरेका छन् । स्थानीय युवासिंह ठकुरीले भने, ‘भारतबाट तस्करी गरी ल्याएको मलको भर हुँदैन, तैपनि प्रयोग गर्नु हाम्रो बाध्यता छ ।’
अघिल्लो पटक भारतको मलमा विश्वास गर्दा कतिपय किसान ठगिएको ठकुरीले बताए । ‘सरकारले समयमै मल उपलब्ध नगराउँदा किसानले भारतबाट मल ल्याएर काम चलाउने गर्छन्, यसरी मल ल्याउँदा प्रहरीले सताउने गरेका छन्,’ उनले भने, ‘यसपटक सीमामा प्रहरी र किसानबीच हात हालाहालको अवस्था आयो ।’
भजनीका कतिपय वडामा चैते धान खेती हुने गरेको छ भने बर्सातमा बाढीका कारण खेती हुँदैन । जोशीपुरका सुकदेव चौधरीलाई पनि यसपटक खेती गर्न मल पाउन निकै सकस भयो । उनले स्थानीय सहकारीमा मल नपाएपछि भारतको तिकुनीयाबाट मल ल्याए । ‘मलाई १४ क्विन्टल मल आवश्यक थियो,’ उनले भने, ‘सीमामा निकै कठिनाइ झेलेर, क्यारिङ गर्नेको सहयोगमा ५ दिन लगाएर मल पाए । यसरी दुःख र तनावमा कति दिन खेती गर्न सकिएला भन्ने लागेको छ ।’
भारतबाट ल्याएको मल प्रयोग गरे पनि खेती कस्तो पो हुन्छ भन्ने चिन्तामा छन् । चौधरीले भने, ‘सहकारीमा आएको मल लिन बिहान ३ बजेदेखि लाइनमा बस्दा पनि पाइएन ।’ सरकारले उपलब्ध गराउने मल नपाएपछि यस वर्ष किसान खेती गरौं कि नगरौं भन्ने दोधारमा थिए । बर्सेनि बाढीले क्षति पुर्याउँदा दिक्क भएका किसान मल नपाएपछि झन निराश भएका थिए ।
‘जहिल्यै बाढीको त्रास हुन्छ, अघिल्ला २ वर्ष धानबाली सबै बाढीले बगायो, मल नपाएपछि खेती गर्न मन मरेको छ ?’ स्थानीय शेरबहादुर साउँदले भने, ‘७ बोरा डीएपी र ७ बोरा यूरिया मलको खाँचो थियो, एक बोरा पनि पाइएन । भारतबाट ल्याएर प्रयोग गरे ।’
टीकापुरमा सबैभन्दा बढी धान खेती हुने वडा ६, ७, ८ र ९ नम्बर हुन् । यी वडामा ५ सहकारीले मल बिक्री गर्ने गरेका छन् । यसरी सञ्चालित सहकारीले आवश्यक मल नपाएको जनाएका छन् । ‘सहकारीले पर्याप्त मल नपाएपछि किसानलाई उपलब्ध गराउन सकेनौं,’ वडा नम्बर ६ स्थित लक्ष्मीनारायण सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायतले भने, ‘२५ प्रतिशत मात्र मल पायौं ।’
लक्ष्मीनारायण सहकारीले यस वर्ष ९५० बोरा युरिया, ३५० बोरा डीएपी र १०० क्विन्टल अग्र्यानिक मल किसानलाई उपलब्ध गराएको थियो । मल अघिल्लो वर्षको तुलनामा आधा मात्र हो । ‘सहकारीले नै मल नपाएपछि किसानले पाउने कुरै भएन, अघिल्लो वर्षभन्दा आधा मात्र मल आयो,’ कडायत भन्छन्, ‘मल ल्याउने प्रयासमा छौं ।’
मल नभएकै कारण झार बढी उम्रेको किसानको गुनासो छ । झार मारेर डीएपी हाल्न पाएको भए धानबाली सप्रिने थियो भन्दै किसान मल खोज्न भौतारिएका छन् । भजनी र जोशीपुरका किसानले पनि नेपाली मल नपाएपछि भारतबाट मल ल्याउनुपरेको गुनासो गरेका छन् । स्थानीय युवासिंह ठकुरीले भने, ‘भारतबाट तस्करी गरी ल्याएको मलको भर हुँदैन, तैपनि प्रयोग गर्नु हाम्रो बाध्यता छ ।’
अघिल्लो पटक भारतको मलमा विश्वास गर्दा कतिपय किसान ठगिएको ठकुरीले बताए । ‘सरकारले समयमै मल उपलब्ध नगराउँदा किसानले भारतबाट मल ल्याएर काम चलाउने गर्छन्, यसरी मल ल्याउँदा प्रहरीले सताउने गरेका छन्,’ उनले भने, ‘यसपटक सीमामा प्रहरी र किसानबीच हात हालाहालको अवस्था आयो ।’
भजनीका कतिपय वडामा चैते धान खेती हुने गरेको छ भने बर्सातमा बाढीका कारण खेती हुँदैन ।
जोशीपुरका सुकदेव चौधरीलाई पनि यसपटक खेती गर्न मल पाउन निकै सकस भयो । उनले स्थानीय सहकारीमा मल नपाएपछि भारतको तिकुनीयाबाट मल ल्याए । ‘मलाई १४ क्विन्टल मल आवश्यक थियो,’ उनले भने, ‘सीमामा निकै कठिनाइ झेलेर, क्यारिङ गर्नेको सहयोगमा ५ दिन लगाएर मल पाए । यसरी दुःख र तनावमा कति दिन खेती गर्न सकिएला भन्ने लागेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मलको अभाव हुँदा खेती गर्न समस्या
मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन
सरकारी अनुदानको मल बाटोबाटै गायब भएपछि…
रुसले अफ्रिकामा अनाज र मल आपूर्ति जारी राख्ने