काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको झण्डै एक सय किलो सुन नेपाल ल्याउने रेडी ट्रेड प्राइभेट लिमिटेडका सञ्चालक भनिएका दिलिप भुजेलको परिवारलाई दैनिक दुई छाक खानसमेत मुस्किल छ ।
दोलखाको मेलुङ १ पवटी बिसौनीस्थित दिलिपको घरमा आमा कल्पना, श्रीमती र भाइ बस्दै आएका छन् । आफ्नो र अधियाँमा कमाएको गरी झण्डै तीन रोपनी जग्गामा सामान्य खेतीपाती गरेर गुजारा गर्दै आएका दिलिपको परिवारको घरमा छाना छाउने पैसा नभएर राहतमा पाएको प्लास्टिकले ओताएर बसिरहेको स्थानीय बताउँछन् ।
अहिले छोरालाई एक सय किलो सुन ल्याएको आरोपमा प्रहरीले समाएको खबरले आफू जिल्ल परेको जिकिर गर्दै आमा कल्पना भुजेलले दुखेसो पोखिन्– ‘आफूहरूले जीवनमा कहिल्यै एक तोला सुन देखेको छैन । छोराले एक सय किलो सुन ल्यायो भनेको खबर सुन्दा ज्यादै पीडा भएको छ । मेरो निर्दोष छोरालाई फसाउन खोजिएको छ, सबैले उसलाई सहयोग गर्नुपर्छ ।’
आफ्नो छोरा दिलिप काठमाडौंमा एक जना आफन्तको चाउचाउ उद्योगमा मजदुरी गरिरहेको जानकारी दिँदै आमा कल्पनाले भनिन्– ‘हामीलाई यहाँ दुईछाक पेटभर खान मुस्किल छ । दिलिप आफै पनि काठमाडौंमा डेरा वहाल तिर्ने पैसा नभएर आफन्तकोमा मजदुरी गर्दै बस्दै आएको छ । अब कसरी उसले एक सय किलो सुन ल्याउन सक्छ ?’ उनले आफ्नो छोरोलाई कसैले फसाएको आरोप लगाइन् ।
उनले आर्थिक अवस्था कमजोर भएकै कारण गाउँमै ११ कक्षा पढ्दापढ्दै पढाइ छाडेर एक वर्षअघि काठमाडौंमा मजदुरी गर्न गएको बताइन् । आमा कल्पनाका अनुसार शुरूमा इट्टाभट्टामा काम गरेका दिलिपले पछि ठूलो बुबाकोमा बसेर ठूलो बुबाकै चाउचाउ उद्योगमा काम गर्न थालेका हुन् । दिलिपका बुबा रामबहादुर भुजेल पनि काठमाडौंमै मजदुरी गर्छन् । नेपाल समाचारपत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०९ साउन २०८०, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंगलबार सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा भारी वृद्धि, बन्यो नयाँ रेकर्ड
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर
तोलामा १९०० रुपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?