मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, २३ घाइते

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, १६ : १४
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, २३ घाइते

कैलाली । अछाममा दाहसंस्कारका शव र मलामी बोकेका ट्रयाक्टर दुर्घटना भएको छ । जिल्लाको पन्चदेवल नगरपालिका ४ कालिकास्थान भन्ने ठाउँमा ट्रयाक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

पन्चदेवल नगरपालिका ४ कै ६० वर्षीय जहरी कामीको शव लिएर घाटतर्फ जाँदै गर्दा भे १ त ६७५६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी सोही ठाउँका २२ वर्षीय बृख बिकको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

ट्रयाक्टर दुर्घटनामा परी २३ जना घाइते भएका छन् । २३ मध्ये ४ को अवस्था गम्भिर रहेको छ भने १९ जनाको अवस्था सामान्य रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस