काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले राम्रो मान्छे चुनेर मात्रै पार्टीको क्रियाशील सदस्यता दिनुपर्ने बताएका छन् । आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित नहुने धारणा राखेका थिए । कांग्रेसको नीति ठीक हो भनेर मनैदेखि नलागेसम्म क्रियाशील सदस्य बढाउन नहुने पनि उनको धारणा थियो ।
यस क्रममा उनले राम्रो मान्छे चुनेर मात्रै क्रियाशील सदस्यता दिनुपर्ने बताएका थिए । उनले निर्वाचनका बेला केन्द्रका नेताहरुले टिकट वितरण नगरेर स्थानीय समितिलाई नै जिम्मेवारी दिनुपर्ने पनि बताए ।
‘हामीले कस्तो किसिमको क्रियाशील सदस्यता दिँदैछौं ? केन्द्रबाट दिँदैछौं वा वडा, टोलबाट दिइरहेका छौं कि ? क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन । जबसम्म भित्रबाट लाग्दैन कि कांग्रेसको नीति ठिक हो भनेर । तसर्थ सदस्यता बढाउनतर्फ नलागौं । राम्रो मान्छे चुनेर मात्रै गरौं,' कोइरालाले भने ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले पनि अब यस प्रक्रियालाई विकेन्द्रिकरण गर्नुपर्ने पनि उनको भनाइ थियो । उनले भनेका छन्, 'सबैभन्दा महत्वपूर्ण जिल्ला सभापतिहरु भन्दा पनि वडा अध्यक्षहरु हुन् । हामी केन्द्रमा बसेर भन्छौं फलानोलाई टिकट दिनुपर्यो भनेर । वस्तुस्थिति हामीलाई थाहा हुँदैन । त्यहाँको को व्यक्ति उपयुक्त हो ? कसले समाजमा प्रतिष्ठा बोकेको छ ? कसले एउटा दिशा दिनसक्छ ? केन्द्रमा बसेर निर्णय गर्ने यो ठिक भएन ।’
नेता कोइरालाले पार्टीले आगामी २० वर्षका लागि आफ्नो बाटो तय गर्नुपर्ने सुझाव दिएका थिए । पार्टीले आफ्नो लक्ष्य स्पष्ट पार्नुपर्ने भन्दै उनले सत्तामा जाने मात्र नभएर रुपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ साउन २०८०, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यसपालि सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छ : शशांक कोइराला
कांग्रेस- एमालेबीच गठबन्धन हुन जरुरी छ : डा. शशांक कोइराला
हामीले धर्म निरपेक्ष बनाएर गलत गर्यौँ : डा. शशांक कोइराला