काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा गत असार २१ र २२ गते भएको जिल्ला सभापतिहरको वैधानिकतामाथि प्रश्न उठेको छ । आज (बुधबार) जारी कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा नैनसिंह महरले केन्द्रीय सदस्यलाई बाहिर राखेर गरिएको बैठकको वैधानिकतामाथि प्रश्न उठाएका हुन् ।
‘लोकतन्त्रमा रिजल्टमात्रै हेरिँदैन, प्रोसेस पनि हेरिन्छ । मैले सुनेको कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशिल कोइरालाहरु पनि पार्टी सभापति हुँदा खेरी केन्द्रीय समितिको अनुपस्थिति राखेर जिल्ला सभापतिहरुको भेला राखेको मैले सुनेको छैन,’– उनले भने ।
कांग्रेस जिल्ला सभापतिहरुको बैठकमा सभाति शेरबहादुर देउवासमेत उपस्थित थिएनन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले बैठकलाई सम्बोधन गरेका थिए । दुई दिन भएको जिल्ला सभातिहरुको बैठकमा १४ वुँदे आन्तरिक प्रतिवद्धता पारित गरिएको थियो ।
पार्टी महामन्त्रीद्वय थापा र शर्माले बैठकबाट आएका सुझावहरुलाई पार्टी तहमा छलफल गरी आवश्यकता अनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । केन्द्रीय सदस्यहरुले उक्त बैठकको वैधानिकतामाथि नै प्रश्न गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा