काठमाडौँ । काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले आजदेखि साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले आज सुन्धारास्थित काठमाडौं मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरे ।
सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपूर्ण जिम्मेवारी रहने भएकाले यस कार्यक्रमको सुरुवात गरेको जनाएको छ । गाडी पूर्ण रुपमा नरोकिँदै र बस बिसौनीमा नगई जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले सवारी दुर्घटना हुँदै आएका छन् ।
मादक तथा र लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको शंका लागेमा, सवारी साधनमा बढी भाडा लिएमा तथा दुव्र्यवहार गरेमा र सवारी साधनमा आरक्षण सिटको पालना नगरेमा वा नगराएमा प्रहरीको हटलाइन नम्बर १०० र ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा सम्पर्क गर्न पोखरेलले यात्रुलाई अनुरोध गरे ।
अभियानका क्रममा ट्राफिकसम्बन्धी आधारभुत जानकारी सहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण गरिएको छ । ट्राफिक जनचेतना अभिवृद्दिका लागि विभिन्न चोकहरूमा व्यानर समेत प्रदर्शन गरिएको छ ।
यात्रुको आवत जावत बढी हुने स्थानहरू काठमाडौंका न्युरोड, शान्तीवाटिका, कालिमाटि, कलंकी, महाराजगञ्ज, चावहिल, गौशाला, कोटेश्वर लगायतका भक्तपुर र ललितपुरका विभिन्न बस बिसौनीमा आगामी १० गते सम्म यो कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हराएका २५ दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
लाईसेन्स र ब्लूबुक नियन्त्रणमा लिने ट्राफिकको कदम विरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
हराएका २६ ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण
ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक
ट्राफिक प्रहरीको लापसे चेकिङ : ४ जना चालक नियन्त्रणमा
ट्राफिक प्रहरी जवानको हत्या आशंकामा छ जना पक्राउ