जनमत पार्टीलाई सरकारले ल्याउनेबारे सकारात्मक छलफल भईरहेको छ : सञ्चारमन्त्री शर्मा

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८०, २० : १३
जनमत पार्टीलाई सरकारले ल्याउनेबारे सकारात्मक छलफल भईरहेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भईरहेको बताएकी छन ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताईन् । सो सम्बन्धमा अहिले अलि पोजेटिभ छलफल भएपनि निष्कर्षमा भने पुगिनसकेको मन्त्री शर्माको भनाई थियो । त्यस अवसरमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु देखिनै राष्ट्रिय सहमतीको सरकारमा जोड दिनु भएको पनि स्मरण गराईन् ।

मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकीर समेत गरिन् । प्रधानमन्त्री र कृषि मन्त्रालयले मलमा समस्या नभएको कुरा बारम्बार भनेको उल्लेख गर्दै उनले वितरणमा भने केही समस्या देखिएको र त्यसको समाधानमा पनि सरकार लागि परेको बताईन्।

प्रतिक्रिया दिनुहोस