संगीतकार चन्द्रराज शर्माको निधन

विहीबार, ०६ पुस २०७४, १० : ०६
संगीतकार चन्द्रराज शर्माको निधन

सुप्रसिद्ध सङ्गीतकार चन्द्रराज शर्माको देहावसान भएको छ । संगीत शिरोमणि यज्ञराज शर्माका माईंलो पुत्ररत्नका रुपमा बि.सं.१९९६ फागुन २७ गते आमा होमकुमारीको गर्भबाट डिल्लीबजार काठमाडौंमा जन्मिएका स्वर्गीय शर्मा नेपाली संगीतका एक युग श्रष्ट़ाका रूपमा चिनिन्छन् ।

हामी नदीका दुई किनार हाम्रो संगम असम्भव छ, तापनि जीवनको आशमा यो मन गुमाउन मन्जुर छ…, मनमा माया तनमा माया…, सुनौला घाम झुल्केन…, आँखाहरूले रुन नखोजे… (कुमारी चलचित्र), चपला अबला एक सुरमा…(भानुभक्त), मेरो माल मलाई फÞर्काईदे बाबु…(जीवनज्योति), ए मेरी मुना नभन त्यसो जुनमा फुलेकी… ( मुनामदन ), तिम्रो आकाशमा जुन… (मीरा राणा), तिमी आफुलाई… ( माणिकरत्न), मोतिका दाना… (सुदेश शर्मा र संगीता राना प्रधान) आदि अत्यन्त चर्चित गीतहरूका स्रष्टा हुन् चन्द्रराज शर्मा नै हुन् ।

प्रतिक्रिया दिनुहोस