शहरलाई व्यवस्थित बनाउन नसक्नुको कारण फोहोर हो : मन्त्री गुरुङ

सफल खबर संवाददाता

बुधबार, २० असार २०८०, १६ : ३३
शहरलाई व्यवस्थित बनाउन नसक्नुको कारण फोहोर हो : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छन । बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले शहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन भएको बताईन् ।

मन्त्री गुरुङले शहर व्यवस्थित बनाउन नागरिकहरु आफैँ सचेत बन्नुपर्ने बताइन् । उनले स्थानीय तहसँग समन्वयकारी भुमिका निर्वाह हुन नसक्दा पनि शहर व्यवस्थापन चुनौति बनिरहेको बताईन् ।

मन्त्री गुरुङले उद्देश्य र थालनीको तादम्यता नमिल्दा विकास निर्माणका काम पूरा हुन नसकेको बताईन्। उनले अन्तरमन्त्रालयबीचको समन्वय प्रभावकारी बन्न नसकेको स्वीकार गरिन् । उनले अन्तरमन्त्रालय र अन्तर विभागबीचको समन्वय पारस्परिक बन्न नसक्दा विकास निर्माणले गति लिन नसकेको बताईन्।

मन्त्री गुरुङले अन्तरमन्त्रालय समन्वयका लागि तत्काल समस्या समाधान गर्ने संयन्त्र बनाउन जरुरी रहेको बताईन् ।

प्रतिक्रिया दिनुहोस