काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद महेशकुमार महराले कञ्चनपुरको शुक्लफाँटा आरक्ष पीडितहरुको उचित व्यवस्थापन गर्न माग गरेका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट २०५८ सालमा त्यहाँका नागरिकहरुलाई निकालिएको भएपनि हालसम्म उचित व्यवस्थापन नगरिएको बताए ।
उनले विस्थापित आरक्ष पीडितहरुलाई व्यवस्थित गर्न माग गरे । आरक्ष पीडितहरु हालसम्म शिविर, जंगल र नदीका किनारामा बस्न बाध्य भएको भन्दै उनीहरुलाई जमिन दिएर व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
आफ्नो जमिन आरक्षलाई छोडेको भएपनि त्यहाँका नागरिकलाई हालसम्म मुआब्जा नदिइएको उनको भनाई छ । उनले बजेटमा भूमिहीनलाई कसरी र कहाँ जग्गा दिने भन्ने उल्लेख नगरिएको बताए । त्यस्तै बजेट संघीयताको पक्षमा नरहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, १६ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रीहरु बाहिर सांसदहरुलाई कुराएर भित्र दलालहरुसँग बस्छन् : सांसद महरा