काठमाडौँ । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले मुलुक ऋणको जालोमा फस्दै गएको टिप्पणी गरेका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् ।
सांसद देवकोटाले आर्थिक सर्वेक्षण अनुसार मुलुकमा २१ खर्व ऋण तिर्न बाँकी रहनु मुलुक ऋणको जालोमा फस्न लागेको संकेत भएको तर्क समेत गरे । कूल जिडिबीको ४२ प्रतिशत मुलुकमा ऋणको भार देखिएको उल्लेख गर्दै त्यो राम्रो संकेत नभएको उनको भनाई थियो ।
सांसद देवकोटाले सरकारले ‘ऋण लिएर घिउ खाएजस्तो’ गरेर बजेट विनियोजन गरेको समेत बताए । सांसद देवकोटाले सरकारले ल्याएको बजेट संघीयता विरोधी रहेको पनि पटकपटक दोहो¥याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८०, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्छ : देवकोटा