मड्रिड । स्पेनिस फुटबल क्लब बार्सिलोना र फ्रेन्च डिफेन्डर सामुएल उम्टिटीले सम्झौताको दुई वर्ष बाँकी हुँदै तोड्ने आपसी समझदारी गरेका छन्।
उम्टिटीको बार्सिलोनासँग अझै दुई वर्ष अर्थात् २०२५–२०२६ सिजनको अन्त्यसम्मको सम्झौता बाँकी थियो। यद्यपि, गत सिजन उनले इटालियन क्लब लिकेमा लोनमा खेलेका थिए।
सन् २०१६ मा बार्सिलोनामा अनुबन्ध भएका उम्टिटी क्याम्प नोउ पुगेपछि चोटका कारण अपेक्षित प्रदर्शन गर्न असफल रहे। गत सिजन इटालीमा इन्जुरीरहित उम्टिटीले २५ खेल खेलेका थिए। सन् २०१८ मा फ्रेन्च टिमबाट विश्वकप जितेका उम्टिटीले बार्सिलोनाबाट दुई ला लिगा र तीन कोपा डेल रेको उपाधि जितेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, १५ : ४२
लेखकबाट थप