काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नेताहरूलाई पुन: ‘भारतको गुलाम’ को संज्ञा दिएका छन्।
शुक्रबार राति सामाजिक सञ्जालमार्फत् बालेनले यस्तो बताएका हुन्।
उनले वर्षभरि धान रोपे भारतीय गुलाम हुनु नपर्ने पनि बताएका छन् ।
‘नेताज्यूहरूले यसरी नै वर्षभरि नै धान रोपिदिनुभो भने तपाईंहरू भारतको गुलाम हुनु पर्दैन’, बालेनले फेसबुकमा लेखेका छन्।
हिजाे धान दिवसको अवसरमा विभिन्न राजनीतिक दलका नेताहरूले किसानहरूको खेतामा गएर धान रोपेका थिए । सोही प्रसंगलाई जाेडेर बालेनकाे यस्ताे भनाइ आएकाे हाे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ असार २०८०, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनले भने– गलत भए मलाई जेल हाल
बालेनले पठाए मन्त्रालयलाई जवाफी पत्र
ट्रम्पलाई बालेनको आग्रह: 'डीभी बन्द गर्नुहोस्'
बालेन नेतृत्वको महानगर– लिजाको मूल्याङ्कनमा हालसम्मकै उच्च अंक
नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन : बालेन
ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !