हेटौंडा । मकवानपुुको हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ना ६ ख ९८०४ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नारायणगढबाट जनकपुर जाँदै गरेको उक्त बस अनियन्त्रित भइ सडकबाट करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक वामदेव गौतमले जानकारी दिए । उनका अनुसार घाइते १० जनाको हेटौंडा–११ स्थित चुरेहिल अस्पताल २७ जनालाई हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये एक जनाको अवस्था भने गम्भिर रहेको उनले बताए । दुर्घटनाका विषयमा थप विवरण खुल्न बाँकी रहेको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८०, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टर्कीमा बस दुर्घटना, ७ जनाको मृत्यु
डडेल्धुरामा बस दुर्घटनाः मृतकको संख्या पाँच पुग्यो, १२ जनालाई उपचारका लागि धनगढी पठाइयो
स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
बाँकेमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २५ जना घाइते
तनहुँ बस दुर्घटनाः बेपत्ता एकजना अझै फेला परेनन्
मुग्लिन-नारायणगढ सडकखण्डमा बस दुर्घटनामा परेर १८ जना घाइते (सूचीसहित)