सुर्खेत । कर्णाली प्रदेशको जुम्लाबाहेक नौ जिल्लामा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
कर्णाली प्रदेश सरकारले आज असार १५ गते राष्ट्रिय धान दिवस मनाउन जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक बिदा दिएको हो ।
कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले २०७९ साल चैत २९ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार आज सार्वजनिक बिदा दिइएको बताए । उनका अनुसार आज शुक्रबार नौ जिल्लाका सरकारी तथा गैरसरकारी निकायमा सार्वजनिक बिदा दिइएको छ ।
कर्णाली सरकारले जुम्लामा बर्सेनि चैत १२ गते धान दिवस मनाउने गरी सार्वजनिक बिदा दिने गरेको छ । त्यस दिनमा कर्णालीका नौ जिल्लाबाहेक जुम्लामा मात्र सरकारी तथा गैरसरकारी निकाय बन्द हुने गर्दछन् । असार १५ गते भने जुम्ला बाहेक नौ जिल्लामा सार्वजनिक बिदा हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८०, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा
माडी गाउँपालिकाले दियो भोलि सार्वजनिक बिदा
गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा सोमबार सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा