दाङ । उपप्रधान एवं बिना विभागीयमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय सभा गठन भएपछि एक हप्ताभित्र नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए ।
तुलसीपुर उद्योग वाणिज्य संघले आज आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले नेकपा एमाले, माओवादी केन्द्रबीच पार्टी एकीकरणको काम पनि सँगसँगै अगाडि बढेको छ भने ।
राजनीतिक दलहरुबीच सहमतिको बिकल्प नभएको बताउँदै महराले भने “राजनीतिक दलहरुबीचको एकता र सहकार्यले मात्र देशमा आर्थिक समृद्धि र विकासले गति लिन्छ, अब विकासलाई कसैले पनि रोक्न सक्दैन ।”
प्रदेश नं ५ को राजधानी दाङ हुने विश्वास दिलाउँदै उनले भने , “अहिले बुटवलमा राजधानी भन्ने हल्ला आएको छ यो मात्र हल्ला हो म हल्लाको पछाडि नलाग्न सबैलाई अनुरोध गर्दछु ।” उनले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालगायत सबै राजनीतिज्ञलाई भेटेको र अहिलेको सरकारले अस्थायी केन्द्र तोक्ने र पछि प्रदेशसभाको बहुमतले राजधानीको निर्णय लिने बताए ।
प्रतिक्रिया दिनुहोस