माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्‍याे

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०८०, १३ : ०८
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सर्‍याे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सरेको छ । यसअघि असार २३ गतेदेखि प्रज्ञा भवन कमलादीमा बस्ने भनिएको बैठक प्रदेशहरुको वजेट अधिवेशन र असार मसान्तसम्म चालु आवको हिसाब फछ्र्यौटको कारण श्रावण १७ गते ११ बजेका लागि सारिएको मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा २ महिने अभियानको समीक्षा प्रतिवेदन तथा स्थानीय, प्रदेश र केन्द्रीय चुनावको समीक्षा प्रतिवेदन पेस गर्ने तथा समाजवादी मोर्चालगायतका एजेन्डा तय छ ।

प्रतिक्रिया दिनुहोस