चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। आइतबार १३ औं नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको बजेट प्रस्तुत गरेका हुन्।
महानगरले आगामी वर्ष आन्तिरिक आय एक अर्ब ७५ करोड हुने प्रक्षेपण गरेको छ। अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार, केन्द्र तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, सडक बोर्ड नेपालबाट ३ करोड र बैंक मौज्दात १ अर्ब ६५ करोड रहने प्रक्षेपण महानगरको छ। साथै अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रुपैयाँ रहने प्रक्षेपण गरेको अधिकारीले बताए।
महानगरले चालू आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकी रहेका र क्रमागत एवम् वहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि १ अर्ज ६५ करोड रुपैयाँ विनियोजन गरेको छ। वडास्तरबाटै कार्यक्रमहरु कार्यान्वयन हुनेगरी महानगरले सबै वडाहरुलाई २ करोड ७५ लाख रुपैयाँका दरले विनियोजन गर्ने प्रस्ताव गरेको छ। समपूरक र विशेष अनुदानअन्तर्गतका योजनाहरुको कार्यान्वयन गर्न समपुरक साझेदारी कोष स्थापना गरी कार्यान्वयनमा ल्याउनेगरी १० करोड रुपैयाँ छुट्टाएको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य पुरा गर्नका महानगरले ३ करोड रुपैयाँ विनियोजन गरेको छ। यसको निर्माण पुरा गर्नका लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी गर्ने बजेट वक्तव्यमा उल्लेख छ।
महानगरभित्रका सडक खाल्डाखुल्डी नियमित मर्मत संभार गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। दिगो फोहोर व्यवस्थापनको लागि व्यवस्थित ल्याण्डफिल साइट पूर्वाधार निर्माणको प्रारम्भ गर्न ३ करोड, केरुङ्गा तथा पुङ्गी खोलाले ओगटेको सार्वजनिक जग्गा संरक्षण एवम् पूर्वाधार निर्माण गर्न १ करोड ६५ लाख, महानगरपालिकालाई हरियाली बनाउन ४ करोड रुपैयाँ छुट्टाइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, १६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम