एनआईसी एसिया बैंकले पायो एकैसाथ दुई अवार्ड

बुधबार, ०५ पुस २०७४, १७ : ३८
एनआईसी एसिया बैंकले पायो एकैसाथ दुई अवार्ड

काठमाडौं । एनआईसी एसिया बैंकले एकैसाथ दुई अवार्ड पाएको छ । सो बैंकलाई वल्र्ड एचआरडी कंग्रेस इम्पोल्यर ब्राण्डिङ इन्ष्टिच्युट एण्ड स्टार अफ दी इन्डष्ट्री ग्रुपले बेस्ट ब्राण्ड अवार्ड (बैकिङ सेक्टर) र बेष्ट इम्प्लोयर व्राण्ड अवार्ड प्रदान गरेको हो ।

वल्र्ड सिएसआर डे र वल्र्ड सस्टानिविलिटीका संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा अर्थराज्यमन्त्री उदयशमशेर जबराले अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रममा बैंकिङ, बीमा, वित्तिय, पर्यटन,अटोमोबाइल,बायोटेक्नोलोजी, कन्ष्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो ।

यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पुर्याएबापत सन् २००७ र २०१३ मा लण्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस