काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा डा. बाबुराम भट्टराईलाई कहिले सहभागी नभएको बताएका छन्। आज पत्रकार सम्मेलनमा भट्टराईको एक्लै हिँड्ने बानी भएकाले ठिकै भएको जस्तो लागेको बताएका हुन्।
‘खै, बाबुराम भट्टराईलाई समातेको पनि होइन छोडेको पनि होइन हामीले। ’उनले भने, ‘बाबुराम जी, कहिले पनि मोर्चामा सहभागी भएको, आएको, संलग्नता भएको देखिएन। मोर्चा बनाउन एक वर्ष अगाडि देखि तयारी थियो । छुट्नुभएको भए उहाँलाई थाहा होला। ’ उनले मोर्चामा लिएको अवधारणालाई समर्थन गर्नेलाई बाटो राखिएको बताए।
यादवले समाजवादी मोर्चा एउटै पार्टी नबन्ने बताए। उनले मोर्चाभित्रका पार्टीबीच एकता हुन सक्छ तर समाजवादी मोर्चा नै एउटा पार्टी हुने आँकलन गलत भएको स्पष्ट पारे।
यादवले गठबन्धनमा आवद्ध दलसँग छलफल नगरी सरकारले बजेट ल्याएको बताए। उनले मधेशलगायत धेरै क्षेत्रमा बजेटले अपेक्षा गरेकाले सच्याउनुपर्ने धारणा राखे। उनले यथास्थितिमा बजेट पास गर्न नहुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ असार २०८०, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
हाम्रो सोच सकारात्मक छ, सरकारले कार्यसूचीमा ल्याएपछि निर्णय गर्छौं : उपेन्द्र यादव
प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे उपेन्द्र यादव
जसपा नेपालले पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने
स्थानीय तहमा दलविहीन चुनाव : उपेन्द्र यादव
जसपा नेपालले संविधान दिवसमा भाग नलिने, विरोध गर्ने