आँखै अगाडि बेथिति देख्दा लज्जाबोध हुन्छ : संसद्‍ हरि ढकाल

सफल खबर संवाददाता

मंगलबार, ०५ असार २०८०, १२ : ५४
आँखै अगाडि बेथिति देख्दा लज्जाबोध हुन्छ : संसद्‍ हरि ढकाल

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद् भवनभित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् ।मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले संसद् सचिवालयका कर्मचारीलाई खाजा भत्तासमेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताए ।

‘संसद् सचिवालयका कर्मचारीहरूको खाजा भत्ता छ । मर्यादापालक दाजुभाइ दिदीबहिनीहरू १२ घण्टासम्म यहाँ ड्यूटी गर्नु हुन्छ । उहाँहरूलाई एक रुपैयाँ पनि भत्ता छैन,' उनले भने, 'यो यहीभित्र विभेद भएको छ । आँखा अगाडिको यो बेथिति हेरिरहँदा लज्जाबोध हुन्छ । ’संघीय संसद् सचिवालयको छानो टाल्न आएको पैसा र डिप बोरिङका लागि निकासा भएको रकम खर्च नभएको भन्दै छानबिन गर्न सरकार र सम्बन्धित निकायसँग उनले माग गरे ।

प्रतिक्रिया दिनुहोस