काठमाडौं । नेकपा एमालेका सांसद भिमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्ति सहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन।
सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले त्यहाँको खेतीबालीका लागि प्रविधि र बजारको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।सांसद आचार्यले सुनसरीमा मकै खेतीको पनि जोन स्थापना गर्न सरकारसँग आग्रह गरे ।
दशौं हेक्टर जमिनमा मकै खेती पनि सुरु भएकाले त्यसको पनि जोन नै स्थापना गर्नुपर्ने उनको भनाई थियो ।सांसद आचार्यले सुनसरीको खेतीबाली विक्रीका लागि सरकारले छुट्टै केन्द्रहरुको स्थापना गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ असार २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल क्रिकेट संघको नेतृत्वमाथि छानबिन गर्न एमाले सांसद आचार्यको माग