काठमाडौँ । ताप्लेजुङका विभिन्न संघ–संस्थाले नेकपा एमालेका सचिव योगेश भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने भएका छन् । पहिचानविरोधी अभिव्यक्ति निरन्तर दिएर आफूहरूको अपमान गरेको आरोप लगाउँदै विभिन्न संघ–संस्था भट्टराईलाई गृहजिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका हुन् ।
जिल्लाको खस क्षेत्री एकता समाज, आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान संघ, सुनुवार सेवा समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै भट्टराईलाई प्रवेश निषेध घोषणा गरेका हुन्। विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरूलाई हिंसा गर्ने, पहिचानवादी समुदायको न्यायिक आन्दोलनलाई जबर्जस्त दबाउने क्रम जारी रहेको आरोप लगाइएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको ती संघसंस्थाको आरोप छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संघीय संसदबाट अध्यादेश पारित हुन्छ : योगेश भट्टराई
सामाजिक सञ्जाललाई प्रतिबन्ध होइन, नियमन गर्न खोजेका हौं : योगेश भट्टराई
अध्यादेशबाटै जन्मिएको पार्टीले विरोध गर्दा अचम्म लाग्छ : योगेश भट्टराई
लेखा समिति सभापति विपक्षीलाई दिन संविधान संशोधन गरौँ : योगेश भट्टराई
बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा हामी आशावादी छौँ : योगेश भट्टराई