काठमाडौँ । मेची राजमार्गको हेवाखोलामा बेलीब्रिज राखिने भएको छ । गए रातिदेखिको अविरल वर्षा र बाढीले बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलीब्रिज पठाउन लागिएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठको उपस्थितिमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यसअघि नै मनसुन पूर्वतयारी एवं प्रतिकार्य कार्ययोजना तयार पारिसकेको छ। प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायहरूको जिम्मेवारी तथा उपकरणहरूको विवरण तय भैसकेको र सोही कार्ययोजनाअनुसार बेलीब्रिज पठाउन लागिएको बताए ।
हेवाखोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलीब्रिज पठाउन लागिएको हो । विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आजै बेलीबिज्र पठाउने तयारी भइरहेको जानकारी दिए । बाढीले पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेची राजमार्ग १४ दिनपछि खुल्यो