काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको जिम्बाबेविरुद्घको आफ्नो पहिलो खेलमा आइतबार नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् । उनले ६३ बलमा ५० रन बनाएका हुन् । यसक्रममा उनले आठवटा चौका पनि हिर्काए ।
कुशल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८६ रनको साझेदारी गरिसकेका छन् । आसिफ ३० रन बनाउँदै क्रिजमा छन् । उनले ५९ बलको सामना गरी दुई चौका प्रहार गरेका छन् ।
नेपालका ओपनरले ४.११ को औसतमा रन बनाएका छन् । पछिल्लो समय नेपालले २१ ओभरमा ८६ रन बनाएको छ । आयोजक जिम्बाबेले टस जिती नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ असार २०८०, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईसीसी एकदिवसीय विश्वकप : १०० रन नपुग्दै भारतका ३ खेलाडी आउट
बङ्गलादेशले अस्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य
टससँगै पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना लगभग समाप्त
अदालतले पुनःस्थापना गर्यो निलम्बित श्रीलंकाली क्रिकेट बोर्ड
एकदिवसीय विश्वकपमा आज श्रीलंका र बंगलादेश भिड्ने