दाङ । लुम्बिनी प्रदेश सरकारले शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याउँदैछ ।
प्रदेश प्रमुख अमिक शेरचनले आज नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
बिहान ११ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । ‘हरेक घर-घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित घोषणा गर्दै विगतमा केही राम्रा कार्यक्रमलाई निरन्तरता दिने केही नयाँ कार्यक्रम थप्ने तयारी गरेको छ ।
सरकारले नारालाई पुष्टि गर्न स्थानीय उत्पादनमा जोड दिँदै स्थानीय बजारीकरणमा पनि बाटो खोज्ने नीति ल्याउँदै छ ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोषकुमार पाण्डेले सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद् बैठकबाट पारित गरिएको जानकारी दिए ।
बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रमलाई पारित गरिसकेको छ । सरकारले चलाएका बहुवर्षीय आयोजनालाई निरन्तरता हुने अति आवश्यक नयाँ हिसाबले बनाउनुपर्ने, मर्मत सम्भारमा हाल्नुपर्नेलाई पनि समेट्ने छ ।
पर्यटनको क्षेत्रमा लुम्बिनीलाई केन्द्र बनाएर अन्य क्षेत्रलाई जोड्ने गरी कार्यक्रम ल्याउने योजना रहेको खुलाउनु भयो । घरेलु रक्सीदेखि हस्तकलाका सामग्रीको ब्राण्डिङ गर्ने र त्यसबाट नागरिकको जीवनस्तर बढाउने उद्देश्य पनि राखिएको छ ।
यस्तै, रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । ठूला र धेरै बजेट खर्च हुने आयोजनालाई यसपालि अघि नसार्ने तर प्रत्यक्ष लाभप्राप्त हुने योजनालाई अघि सारिने भएको छ । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा.नहकुल केसीले बजेटको सीमालाई ख्याल गर्दै अगाडि बढ्ने बताए ।
प्रदेश गौरवका आयोजना निरन्तरता दिँदै नयाँ योजना अगाडि बढाउने बताए । रोजगारी, पर्यटन, राजधानी निर्माण, कृषि क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकता राखेर काम गर्ने जानकारी दिए । पर्यटनको लागि ग्रेटर लुम्बिनी, स्वर्गद्वारी, रुरुधाम र दाङको रतनमार्ग आदि स्थानमा पर्यटन केन्द्रित हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुरको नीति तथा कार्यक्रम : मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गरिने
कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्बजनिक
कोशी सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
बागमती प्रदेश : मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत
बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
सरकारको नीति तथा कार्यक्रम पारित