काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोशिस भएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडूले बजेट वक्तव्यले देशको आर्थिक अवस्थामा सुधार ल्याउन पूँजीगत खर्च बढाउने र अनुत्पादक खर्च घटाउने प्रयत्न गरेको बताए ।
उनले बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोशिस भएको उल्लेख गरे । उनले सो अनुरुपको कार्यनीति र कार्ययोजना पनि ल्याएको भन्दै प्रशंसा गरे । उनले बजेटले आर्थिक वर्षको पहिलो तीन महिना सबै प्रशासनिक काम सक्ने र मंसिरदेखि फिल्डमा काम देखाउने भन्नु राम्रो भएको उल्लेख गरे । उनले दोहोरो कार्यक्षेत्र परेका निकायहरुलाई कटौती गर्नुपनि राम्रो भएको बताए । उनले बजेट कार्यान्वयन हुन सकेमा परिणाम दिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ जेठ २०८०, १४ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकल मदिरा विदेश निर्यात गर्ने गरी सरकार अघि बढोस् : दिलेन्द्रप्रसाद बडू
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू