सुपर ग्यास उद्योग आगलागीेको छानविन गर्न समिति गठन

बुधबार, ०५ पुस २०७४, १४ : १४
सुपर ग्यास उद्योग आगलागीेको छानविन गर्न समिति गठन

चितवन । वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागी सम्बन्धी छानविन गर्न पाँच सदस्यीय समिति गठन भएको छ । एलपी ग्यास उद्योग संघले छानविन समिति गठन गरेको हो । समितिमा संघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन रहेका छन् । छानविन समितिलाई पाँच दिनको म्याद दिइएको छ ।

१० करोड भन्दा बढी लगानीमा सुरु भएको उद्योगमा ग्यास बुलेटबाट आगजनी सुरु भएको अनुमान गरिएको छ ।
४८ वर्षको पछि ग्यास उद्योगमा ठूलो आगलागी भएको यो पहिलो घटना हो ।
आगलागीमा एक दमकलसहित दुई जनाको मृत्यु भएको छ । क्षतिको थप विवरण भने आइपुगेको छैन ।
 

प्रतिक्रिया दिनुहोस