डीएलएको नेतृत्वमा सिटौला समुहका अधिकारी निर्वाचित (मत परिणामसहित)

सोमबार, १४ साउन २०७५, १३ : ५९
डीएलएको नेतृत्वमा सिटौला समुहका अधिकारी निर्वाचित (मत परिणामसहित)

चितवन । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल डेमोक्र्या्टिक्स लयर्स एशोसियसन (डीएलए) को १० औँ राष्ट्रिय अधिवेशनबाट योगेन्द्र बहादुर अधिकारी निर्वाचित भएका छन् ।

अधिकारीले ४३१ मत ल्याउँदा उनका प्रतिस्पर्धी सिताराम केसीले ३३४ मत ल्याए । यस्तै अर्का उम्मेदवार रामकुमार श्रेष्ठले ४२ मत ल्याए । डीएलएको चुनावमा कृष्ण सिटौला र रामचन्द्र पौडेल समुहका कानुन व्यवसायी बिच सहमति नजुटेपछि चुनाव भएको थियो । अधिकारी कृष्ण सिटौला समुह ,केसी रामचन्द्र समुह र श्रेष्ठ शेर बहादुर देउवा समुहबाट उम्मेदवार बनेका थिए ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार पौडेल, महिला उपाध्यक्षमा सुष्मा बाँस्कोटा, महासचिवमा लक्ष्मीदेवी रावल, कोषाध्यक्षमा सुधा खतिवडा कोइराला, सचिवमा खड्कबहादुर क्षेत्री र महिला सचिवमा विष्णु वस्याल निर्वा्चित भएका छन् ।

यसैगरी सातवटै प्रदेशमा प्रदेश उपाध्यक्षहरु निर्वाचित भएका छन् । प्रदेश नम्बर १ मा मुरारी खनाल, प्रदेश नम्बर २ मा राजन दाहाल, प्रदेश नम्बर ३ मा राजु कटवाल, गण्डकी प्रदेशमा फणिन्द्र कोइराला, प्रदेश नम्बर ५ मा गोर्कणसिंह थापा,  कर्णाली प्रदेशमा खड्का सिजापति र प्रदेश नम्बर ७ मा बीरबहादुर जेठारा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस